मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रशिक्षक थोमस टुचेलले बायर्न म्युनिख छोड्ने

काठमाडौं – प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् । क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार केहि दिनमा नै बायर्नले यसको औपचारिक घोषणा गर्ने बताइएको छ । बायर्न म्युनिखले पछिल्ला तीन खेलमा लगातार हार बेहोरेपछि प्रशिक्षक टुचेलमाथि पद छोड्ने दबाब बढेको थियो । बायर्न म्युनिखले टुचेललाई बर्खास्त गर्ने हल्लाका बीच उनलाई सिजनको अन्त्यसम्म राख्ने सहमति भएको हो ।

बायर्न म्युनिख अहिले बुण्डेसलिगामा शिर्ष स्थानमा रहेको लिभरकुसेनभन्दा ८ अंकले पछाडी रहेको छ । लिभरकुसन २२ खेलमा अपराजित रहदै ५८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बायर्नको २२ खेलमा ५० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

टुचेल २०२३ को मर्छ २४ मा बायर्न म्युनिखको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बायर्नले अहिलेसम्म ४४ खेल खेलेको छ भने २८ जित र ११ खेलमा हार बेहोरेको छ ।

मिडिया रिपोर्टका अनुसार बायर्न म्युनिखले टुचेलसँगको समझदारीपछि लिभरकुसेनका प्रशिक्षक जाबी अलोन्सो र लिभरपुलका जर्गेन क्लोपलाई भित्र्याउने प्रयास गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?