मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समृद्धिको प्रेममा नितेश

काठमाडौँ– गायक नितेशजंग कुवँरले आफू गायिका समृद्धि राईसँग प्रेम सम्बन्धमा रहेको खुलाएका छन् । रिबर्थ टुरका लागि अस्ट्रेलिया पुगेका गायक कुँवरले सो कुरा बताएका हुन् ।

सिड्नीस्थित कोग्राको बैठक रेष्टुरेन्टमा आयोजना गरिएको एक कार्यक्रममा उनले आफू प्रेममा रहेको बताए । उनले समृद्धि राईसँग बिहे नै गर्ने योजना बनाएको पनि बताए ।

‘उनीसँग बिहे गर्नु ठूलो कुरा रहेन, हामी त्योभन्दा पनि अगाडि बढिसकेका छौँ,’ उनले भने, ‘हामीबीचको सम्बन्ध, साथ र आत्मीयता विवाहभन्दा पनि ठूलो छ ।’

उनले संगीत क्षेत्रमा समेत समृद्धिको साथ पाएको बताए ।

नितेशजंग कुँवरका हितैको माया, फल्र्टी फल्र्टी, खोलै खोला लगायतका गीत युवापुस्तामाझ लोकप्रिय छन् । यस्तै समृद्धिका पनि बुझ्छु तिमीलाई, हाम्रो गीत, मैले जानेको कुरा लगायतका गीत लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?