मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा

हेटौँडा – सशस्त्र प्रहरी बलको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच फोफना घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

जितसँगै एपिएफले फाइनलमा मछिन्द्र फुटबल क्लबसँग भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूरोड टिम ‘एनआरटी’ लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहीबार एपिएफ र मछिन्द्रबीच उपाधिका लागि भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेताले रु १० लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ् । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु एक लाख एक हजार र अन्य विधागत उत्कृष्टले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?