मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पीडा

काठमाडौँ– ‘मितिनी नेपाल’ संस्थाले कलामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पीडालाई प्रस्तुत गरेका छन् ।

नेपालमा जारी १६ औं विश्व सामाजिक मञ्चकै अवसरमा संस्थाले हालै काठमाडौं, भृकुटीमण्डपमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पीडा तथा महिला हिंसाको प्रतिरोध स्वरुप गीत, कविता, नृत्य, नाटक जस्ता विभिन्न विधाका कलाहरु प्रस्तुत गरेको हो ।

विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाले आरम्भ नेपालको प्रस्तुति रहेको नाटकीय प्रस्तुतिमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समलिंगी जोडीको मर्मस्पर्शी कथा, वैवाहिक समानता नहुँदा भोग्नु परेको तीतो यथार्थतालाई प्रस्तुत गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व, मानव अधिकारकर्मी, कलाकार, महिला अधिकारकर्मी, नागरिक समाज र विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?