काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी ताेलाकाे १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया