काठमाडौँ – प्रहरीको डीएसपी हुँ भन्दै मधेसी युवामाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । उनी काठमाडौँ महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले कार चलाइरहेका मधेसी युवालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो केहिदिन अघि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पीडित वीरगन्ज घर भई कुलेश्वर बस्ने अङ्कित गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको काठमाडौँ प्रहरीले जनाएको हो।
श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ भने उनमाथि नैतिकताविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया