मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो फिल्ममा सनी देओलमाथि चलाएका थिए भिलेनले साँच्चिकै तरबार

काठमाडाैँ – २८ वर्ष अघि फिल्म सुटिङका क्रममा अभिनेता सनी देओललाई तरबारले चोट लागेको थियो ।

उनीमाथि तरबार प्रहार गर्ने व्यक्ति थिए मुकेश ऋषि । ९० को दशकमा आफ्नो अभिनय क्षमताले छुट्टै परिचय बनाएका उन कयौँ स्टारहरूसँग काम गरेका छन् ।

अधिकांशमा फिल्ममा खलपात्रका रूपमा देखिएका उनी यसैमा आफ्नो अलग्गै परिचय बनाएका व्यक्ति समेत हुन् । यसै क्रममा १९९६ मा प्रदर्शनमा आएको फिल्म ‘घातक’मा पनि उनी भिलेनकै रूपमा देखिएका थिए ।

यसको किस्सा शेयर गर्दै उनले सनीमाथि तरबार चलाएको संस्मरण गरेका हुन् । सो फिल्म रहेको एक फाईटको दृश्यमा मुकेशले सनीमाथि तरबार चलाउनुपर्ने थियो । मुकेश भन्छन् – ‘गल्तीले साच्चिकै सनीलाई चोट लाग्यो ।’

मुकेश सम्झिनछन् चोट लागेपनि सनी व्यवहार राम्रो थियो । आफूलाई यसबारे अपसोस महसुस भइरहेपनि आफ्नो टिमको सदस्यमार्फत सनीले आफू ठिक रहेको खबर पठाएको मुकेशले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?