मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीर सिंह अब ठूलो पर्दामा शक्तिमान बन्ने

काठमाडौं – अन्ततः मुकेश खन्नाले आफ्नो फिल्म ‘शक्तिमान’का लागि नायक पाएका छन् । रणवीर सिंह अब ठूलो पर्दामा शक्तिमान बन्ने भएका छन् । रणवीर सिंहले आगामी दुई वर्षको लागि डेट बुक गरिसकेका छन् । अब उनी यी दुई वर्षमा ‘डन ३’ र ‘शक्तिमान’ मा केन्द्रित हुनेछन् । केही वर्षयता ‘शक्तिमान’मा फिल्म बनाउने चर्चा चलिरहेको थियो । मुकेश खन्नाले पनि धेरै पटक शक्तिमानमा फिल्म बनाउने बताएका थिए ।

यति मात्र होइन, २०२२ मा मुकेश खन्नाले फिल्म ‘शक्तिमान’का लागि सोनी पिक्चर्स इन्डियासँग हात मिलाएका थिए । त्यसपछि एक टिजर पनि रिलिज भयो, जसमा ‘शक्तिमान’ घोषणा गरिएको थियो । त्यसबेलादेखि नै फ्यानहरु यो फिल्मलाई लिएर पागल भएका थिए । तर, शक्तिमानको भूमिका कसले गर्ने भन्ने टुंगो लागेको थिएन, तर अहिले यसको पुष्टि भएको छ । अभिनेता रणवीर सिंह अब शक्तिमान बन्ने भएका छन् ।

रिपोर्टमा विश्वास गर्ने हो भने रणवीरले अर्को वर्ष २०२५ मा यो फिल्मको सुटिङ सुरु गर्नेछन् । हाल उनी रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’ को छायाङ्कनमा व्यस्त छन्, जुन छिट्टै पूरा हुनेछ ।

स्रोतले रणवीर सिंह आगामी फिल्ममा शक्तिमानको भूमिका निभाउन लागेको जानकारी दिएको छ । उनले मार्च २०२५ पछि यो फिल्मको छायाङ्कन सुरु गर्नेछन्, किनभने यसअघि उनले दुई ठुला फिल्म सिंघम अगेन र डन ३ को सुटिङ गर्दैछन् ।

यो मेगा बजेट फिल्म हुनेछ, जुन २ सय-३ सय करोडको बजेटमा बन्नेछ। यो फिल्म सन् १९९७ मा आएको चर्चित शो शक्तिमानको सुपरहिरो पात्रमा आधारित हुनेछ । कार्यक्रममा मुकेश खन्नाले शक्तिमानको भूमिका निभाएका थिए ।

अहिले रणवीर सिंह रोहित शेट्टीको निर्देशनमा बनेको कप युनिभर्स फिल्म सिंघम अगेनको सुटिङको तयारीमा छन् । उनको ५० दिनको छायाङ्कनको समयतालिका बाँकी छ, जुन उनले अप्रिलसम्ममा पूरा गर्नेछन् । उनले फिल्मको केही भागको सुटिङ गरिसकेका छन् । फिल्ममा उनी विस्तारित क्यामियो गर्दैछन् ।

यस फिल्ममा अजय देवगन-करीना कपूर मुख्य भूमिकामा छन्, जसमा रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, अर्जुन कपूर पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।

सिंघम अगेनको सुटिङ सकिएपछि रणवीरले फिल्म डन ३ को सुटिङ सुरु गर्नेछन् । यो फिल्मलाई फरहान अख्तरले निर्देशन गर्दैछन् । उनले सुटिङअघि केही दिन वर्कसप लिन लागेका हुन् । रणवीर फिल्म डन ३ गर्न निकै उत्साहित छन् र उनी आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्न चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?