मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वारेन बफेटको वर्कशायर हथावेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर

काठमाडौं- अर्बपति धनाढ्य वारेन बफेटको वर्कशायर ह्याथवे कम्पनीले एप्पलको १ करोड कित्ता सेयर बिक्री गरेको छ । हाथवेले सन् २०२३ को अन्तिम तीन महिनामा एप्पलको उक्त परिमाणको सेयर बिक्री गरेको हो । कम्पनीमा यसको स्वामित्व लगभग १ प्रतिशत हुन आउँछ ।  

एप्पलमा सबैभन्दा धेरै स्वामित्व ओमाहाको कम्पनी ओरेकलसँग रहेको छ ।  

तर, ओमाहा आधारित समूहले बुधबार सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको नियामक फाइलिंगमा एप्पल आफ्नो स्वामित्व केही कटौती गरेको जनाएको छ ।

वर्कशायरसँग अझै पनि एप्पलको ९० करोड ५० लाख कित्ताभन्दा धेरै सेयरहरू छन् ।  जसको मूल्य लगभग १ खर्ब ७४ अर्ब डलर हुन आउँछ । यो एप्पलको कुल सेयरको ६ प्रतिशत हो भने वर्कशायरको कुल पोर्टफोलियोको २० प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?