मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीर सिंह ‘शक्तिमान’ मा देखिने

काठमाडौं- रणवीर सिंह बलिउडका चर्चित स्टार हुन् । ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ जस्ता धेरै फिल्मबाट उनले आफ्नो अभिनय क्षमता साबित गरिसकेका छन् । रणवीर यतिबेला धेरै फिल्ममा व्यस्त छन् ।

उनी छिट्टै ‘डन ३’ र ‘सिंघम अगेन’ मा देखिँदैछन् । यसबाहेक उनी एउटा सुपर हिरो फिल्ममा पनि देखिँदैछन् । खबरका अनुसार सुपर हिरो फिल्म ‘शक्तिमान’ को स्क्रिप्ट फाइनल भएको छ । डन ३ को सुटिङ सकिएपछि सन् २०२५ को मार्चदेखि यो फिल्मको सुटिङ शुरु हुनेछ ।

विगत तीन वर्षदेखि फिल्मको कथा लेखनको काम भइरहेको थियो । निर्माण पक्षले स्क्रिप्ट फाइनल गरिसकेको बताइएको छ । यो फिल्मको निर्देशन बसिल जोसेफले गर्नेछन् । सोनी पिक्चर्स र साजिद नाडियाडवाला फिल्ममा निर्माताको रूपमा जोडिएका छन् ।

‘शक्तिमान’ टिभी जगतको चर्चित शो हो । यसमा मुकेश खन्नाले सुपर हिरो शक्तिमानको भूमिका निभाएका थिए । यो शो सन् १९९७ देखि २००५ सम्म दूरदर्शनमा प्रसारण भएको थियो । केही समयअघि मुकेश खन्नाले आफ्नो युट्युब च्यानलमा २०० देखि ३०० करोडको बजेटमा ‘शक्तिमान’ फिल्म बन्ने बताएका थिए ।

रणवीर सिंहको ‘सिंघम अगेन’ २०२४ मा रिलिज हुँदैछ । यसमा अजय देवगन, अक्षयकुमार, करीना कपूर र दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिनेछन् । योसँगै फरहान अख्तरको निर्देशनमा बन्न लागेको ‘डन ३’ मा पनि उनी मुख्य भूमिकामा देखिँदै छन् ।

यो फिल्म सन् २०२५ मा हलमा रिलिज हुनेछ । ‘शक्तिमान’ भने सन् २०२६ मा रिलिज हुने बताइएको छ । यतिबेला रणवीर सिंहले साउथ सिनेमाका धेरै निर्देशकहरूसँग कुराकानी गरिरहेको चर्चा पनि छ । उनले साउथका फिल्ममा काम गर्ने इच्छा देखाएका छन् ।

स्रोत-एएनआई नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?