मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अल्लू अर्जुन स्टारर ‘पुष्पा’ को तेस्रो भाग पनि आउने 

काठमाडाैँ– यसवर्ष यस्ता केही फिल्महरू प्रदर्शनमा आउँदैछन् जसको दर्शकले उत्साहका साथ प्रतीक्षा गरिरहेका छन् । यसमा बलिउड मात्रै नभई दक्षिण भारतीय फिल्म समेत समावेश छन्  ।

यसैको सूचिमा छ ‘पुष्पा २’ । यो सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘पुष्पा’ को दोश्रो भाग हो । जसलाई ‘पुष्पा द रुल’ का नामबाट प्रदर्शनमा ल्याईदै छ ।

यसैबीच दक्षिण भारतीय स्टार अल्लू अर्जुनले ‘पुष्पा’ को फ्रेन्चाईज विस्तारको विषयमा खुलासा गरेका छन् । ‘पुष्पा २ : द रुल’ बारे कुराकानी गर्दै उनले दर्शकले तेस्रो भागको अपेक्षा गर्न सक्ने बताएका हुन् ।

आफूहरू यसलाई फ्रेन्चाईज बनाउन खोजिरहेको खुलासा गरेका उनले नयाँ भागका लागि पनि गज्जब आइडिया रहेको बताएका छन् । यसैलाई अन्तर्राष्ट्रिय बजारमा लान बर्लिन युरोपियन फिल्म मार्केटमा प्रदर्शन गर्ने योजनामा समेत निर्माण पक्ष छ । 

सुकुमार निर्देशित ‘पुष्पा २ द रुल’ मा पुष्पाराजको कथा छ । जो एक मजदुर हो भने उ रक्त चन्दन तस्करीमा संलग्न रहँदै आएको छ । जसले एक अंहकारी प्रहरी अधिकारीको सामना गर्दा आइपरेको घटनाक्रम यसमा देखाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?