मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेस्ट क्रिकेटमा आर आश्विनको ५०० विकेट पुरा

काठमाडौं – भारतका बलर आर आश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पुरा गरेका छन् । जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा एक विकेट लिएसँगै आश्विनले आफ्नो टेस्ट क्यारियरमा ५०० विकेट पुरा गरेका हुन् ।

आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने भारतका दोस्रो बलर हुन् । यसअघि अनिल कुम्बलेले आफ्नो टेस्ट क्यारियरमा ६१९ विकेट लिएका थिए ।

त्यस्तै आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने विश्वका नवौं खेलाडी बनेका छन् । आश्विनले ९८ टेस्टमा आफ्नो ५०० विकेट पुरा गरेका छन् ।

यसअघि अस्ट्रेलियाका नाथन लियोन ‘५१७’, वेस्ट इन्डिजका कर्टनी वाल्श ‘५१९’, अस्ट्रेलियाका ग्लेन म्याकग्राथ ‘५६३’, इङल्याण्डका स्टुअर्ट ब्रोड ‘६०४’ भारतका अनिल कुम्बले ‘६१९’, इङल्याण्डका जेम्स एण्डरसन ‘६९६’, अस्ट्रेलियाका शेन वार्न ‘७०८’ र श्रीलंकाका मुथैया मुरलीधरण ‘८००’ ले टेस्ट क्रिकेटमा ५०० भन्दा बढी विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?