मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वर्ल्ड गभर्मेन्ट समिट’मा बलिउड सुपरस्टार शाहरुखले के बोले ?

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खान बुधबार ‘वर्ल्ड गभर्मेन्ट समिट’ विश्व सरकार शिखर सम्मेलनको मञ्चमा देखिए । यूएईको दुबईमा भइरहेको यो ग्लोबल इभेन्टमा शाहरुखले आफ्नो ट्रेडमार्क हाँसोका साथ खुलेर कुरा गरेका छन् ।

भारतमा मात्रै होइन, विश्वभरका शाहरुखका फ्यान उनलाई हलिउड फिल्ममा हेर्न चाहन्छन् । उक्त सम्मेलनको स्टेजमा कालो सूटमा बसेका शाहरुखलाई होस्टले उक्त सम्मेलनमा शाहरुखलाई ‘लिजेण्ड’ भनेर परिचय गराएका थिए ।

उनलाई हलिउडका चर्चित जासूस नायक ‘जेम्स बन्ड’को भूमिका निर्वाह गर्न चाहनुहुन्छ कि ? भनेर होस्टले सोधे । शाहरुखले निकै रमाइलो पारामा भने, ‘तिमी धेरै प्यारो छौ, तर म लिजेन्ड होइन, म बन्ड हुँ । जेम्स बण्ड ।’

शाहरुखले भने, ‘म बन्ड बन्न चाहन्छु, तर त्यसका लागि म सानै छु ।’ उनको जवाफ सुनेर कार्यक्रममा उपस्थित निकै हाँसे ।
यसपछि जब शाहरुखलाई सोधियो, बन्ड फिल्ममा खलनायक बन्नेबारे के सोच्नुहुन्छ, त्यहाँ शाहरुखले भने, ‘यसका लागि म एकदमै रिसाएको छु ।’

शाहरुखले हलिउड फिल्ममा खलनायकको भूमिकामा एसियाली र ब्राउन व्यक्तिलाई कास्ट गर्नेबारे यस्तो अचम्मको ठट्टा गरे, जसमा उपस्थित हाँसे र ताली बजाए । आज शाहरुखको स्टारडम कुन स्तरमा छ र कति लामो समयदेखि छ भन्ने कुरा केही मान्छेमा स्वतः आउँछ । ‘मैले मेरो आमाबाबुलाई चाँडै गुमाएँ र मसँग कुनै विकल्प थिएन । म एक जवान अनाथ थिएँ र मैले केही काम गर्नुपर्थ्यो । म सधैं विश्लेषण गर्ने प्रयास गर्छु कि म के गर्छु, किन म हरेक बिहान उठ्छु र फेरि त्यही काम गर्छु, सायद मैले गरेको कामले मलाई यो सिकायो,’ शाहरुख भन्छन् ।

शाहरुखले हरेक बिहीबार मुम्बईस्थित आफ्नो घरमा दुई घण्टा नुहाउने गरेको बताए । ‘मेरो शरीरसँगै मैले गरिरहेको काम पनि धोइन्छ,’ उनले भने । उनलाई होस्टले नुहाउने बेला कुन विशेष तेल र कुन विशेष सुगन्धको प्रयोग गर्नुहुन्छ भनेर सोधे । शाहरुखले यो बचपना प्रश्न भन्दै जवाफ दिए, ‘आऊ मसँग नुहाउन, म एक अभिनेता हुँ, म तिमीलाई देखाउँछु ।’

फिल्म हिट वा फ्लप हुनेबारे होस्टले सोधे, ‘म इमान्दारीपूर्वक भन्न सक्छु कि तपाईंलाई पैसाको आवश्यकता नै छैन ।’ शाहरुखले तुरुन्त भने, ‘होइन, मलाई पैसाको खाँचो पर्छ । यो नुहाउने तेल निकै महंगो पर्छ ।’

जब शाहरुखलाई नियमित शाहरुख खानको फिल्मको अर्थबारे सोधियो । उनले आफू कहिल्यै पनि लभर ब्वाय बन्न नचाहेको बताए । शाहरुखले आफू कहिल्यै पनि सपनाको व्यापारी वा लभ गिभर टाइपको हिरो पनि बन्न नचाहेको बताए । उनी सधैं एक्सन हिरो बन्न चाहन्थे । तर दर्शकले उनमा माया फैलाउने र आशा दिने नायक देख्न थाले ।

शाहरुखले आफूले निराशावादी र दुःखी कथावस्तुको फिल्म गर्न नचाहेको बताए । उनले यसअघि यस्ता फिल्म गरेपनि उनी आफ्ना फिल्मबाट दर्शकमा आशा जगाउन चाहन्छन् ।

उनले दुबईमा रहेको आफ्नो घर संसारकै उत्कृष्ट ठाउँमध्ये एक भएको बताए । ‘मलाई यहाँ कसैले हैरान बनाउन सक्दैन र प्रधानमन्त्रीले पनि भर्खरै आफू पनि नजिकै बस्ने बताउनुभएको छ । त्यसैले मेरो अर्को नयाँ वर्षको पार्टी उहाँसँगै हुनेछ । उहाँ असल छिमेकी हुनुहुन्छ,’ उनले भने ।

शाहरुख भन्छन्, ‘मलाई बलियो ढंगबाट क्रसओभरको काम कसैले पनि प्रस्ताव राखेको छैन । आफ्ना मनपर्ने कुरा कसरी दर्शकमाझ पुर्‍याउने भनेर मैले सिकिरहेको छु । त्यसो भए म आफ्नो कामलाई फैलाउन सुरु गर्छु । मलाई हलिउड वा इङ्ल्याण्डमा त्यस्तो शक्तिशाली फिल्मको अफर आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?