मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रूपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रूपले वृद्धि भएको पाइएको छ ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८–०७९ मा एक हजार एक सय ९३ मेट्रिक टन, ०७९र०८० मा एक हजार तीन सय नौ मेट्रिक टन र ०८०–०८१ मा एक हजार तीन सय ८६ मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

जिल्लामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आइडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले बताए ।

उनले भने – “जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरू सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६÷७ वर्ष भयो होला नयाँ प्रजातिको स्याउ भित्रिएको यसले  राम्रै आम्दानी दिइरहेको छ ।”

यद्यपि सुरुआतको केही वर्षमा राम्रै आम्दानी दिए पनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिरावट आउने लक्षण देखिएको कृषि विज्ञहरू बताउँछन् । विसं २०७८–०७९ मा दुई सय पाँच हेक्टर, ०७९–०८० मा दुई सय २१ र ०८०–०८१ मा दुई सय ३० हेक्टरमा गरिएको स्याउ खेतीले उत्पादन दिएको हो ।

उत्पादकत्व पनि क्रमशः बढिरहेको छ । आव ०७८–७९ मा प्रतिहेक्टर ५.८२ मेट्रिक टन, ०७९–०८० मा ५.९२ र ०८०–०८१ मा ६.३ मेट्रिक टन रहेको छ । 

जिल्लामा हाल दुई सय ३३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यसमा सोलुदूधकुण्ड नगरपालिका–४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छ भने केही मात्रामा जिल्लाबाहिर पनि निर्यात भएको छ । चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवा बताउँछन् ।

जिल्लाको गोरा, टाप्टिङ, पत्तालेलगायत क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकीकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ ।

पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा वृद्धि भए पनि त्यसपश्चात् किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय स्थानीय किसान बताउँछन् । पछिल्लो समय स्याउमा एक प्रकारको अ‍ैजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ ।

उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरूको भनाइ छ । विगतमा जिल्लाको गोरा, टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो ।

जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधाभन्दा बढी जिल्लामा कार्यरत कर्मचारीले घर बिदामा जाँदा कोसेलीका रूपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?