काठमाडौं – सेतो ताजमहल निकै सुन्दर देखिन्छ, जसलाई हेर्न संसारभरका मानिसहरु आउँछन् । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि ताजमहल कालो रंगको भएको भए कस्तो हुन्थ्यो होला ?
कालो ढुङ्गाबाट बनेको भए ताजमहल कस्तो देखिने थियो, यी तस्विरहरूबाट तपाईं कल्पना गर्न सक्नुहुन्छ। कालो ताजमहल एआई मार्फत कल्पना गरिएको छ।
ताजमहलको अगाडि कालो ताजमहल बन्ने चर्चा पनि छ । आगरामा यमुनाको अर्को छेउमा कालो ताजमहल बनाउने काम पनि सुरु भएको थियो तर बन्न सकेको थिएन । यसबाहेक मध्य प्रदेशको बुरहानपुरमा एउटा भवन निर्माण गरिएको छ, जुन ताजमहलसँग मिल्दोजुल्दो छ तर यसको रंग कालो छ। यो भवनलाई कालो ताजमहल पनि भनिन्छ।
वास्तविक ताजमहल कालो रंगको भएको भए कस्तो देखिने थियो। कालो रङको ताजमहल कस्तो हुन सक्छ भनेर एआईले विभिन्न कोणबाट देखाउने प्रयास गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया