मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल-२ कोचिङ कोर्स

काठमाडौं । नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल-२ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ ‘क्यान’का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल-२ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आईसीसीको लेभल- २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?