काठमाडौँ– केही समय अघि मात्रै रिलिज भएको एलिना चौहानको गीत विरुद्ध उजुरी परेको छ ।
गायिका चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले उजुरी दिएका हुन् ।
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दिइएको उजुरीमा कार्कीले आफ्नो गीत हुबहु कपी गरेको उल्लेख छ ।
गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया