मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामायणमा रकुल प्रीत सिंह शूर्पणखाको भूमिकामा देखिने

काठमाडौं – नितेश तिवारीको फिल्म ‘रामायण’ मा रकुल प्रीत सिंह शूर्पणखाको भूमिकामा देखिने भएकी छिन् । रकुल प्रीत सिंहले हालै ‘रामायण’ मा शूर्पणखाको चरित्रको लुक टेस्ट दिएकी छन् । ‘रामायण’ मा रणवीर कपूर रामको भूमिकामा, सनी देओल हनुमानको भूमिकामा र साई पल्लवी आमा सीताको भूमिकामा छन् ।

यतिबेला नितेश तिवारीको बिग बजेटको बलिउड फिल्म ‘रामायण’को चर्चा भइरहेको छ । यसको कास्ट र मेकिङको बारेमा हरेक दिन रोचक अपडेट बाहिर आइरहेका छन् ।

अहिले रावणकी बहिनी शूर्पणखाको चरित्रको बारेमा अपडेट आएको हो । यद्यपि अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन । तर शूर्पणखाको भूमिकाका लागि रकुल प्रित सिंहसँग वार्ता भइरहेको खबर छ ।

निर्देशक तिवारी ‘रामायण’मा शूर्पणखाको भूमिकाका लागि रकुल प्रीतसँग सम्पर्कमा छन् । यदि यो कुरा मिल्यो भने, उनले फिल्ममा रावणकी बहिनीको भूमिका निर्वाह गर्नेछिन् । अर्थात, ‘रामायण’ मा रावणको भूमिका निर्वाह गर्ने यशकी बहिनीको भूमिकामा रकुल प्रीत सिंह देखिनेछिन् ।

बाल्मिकी ‘रामायण’मा शूर्पणखा नामक पात्र थिइन्, जसका कारण राम र रावण आमनेसामने भए र भयंकर युद्ध भयो । यस सन्दर्भमा, यो कास्टिङ धेरै महत्वपूर्ण छ । शूर्पणखाको भूमिकाका लागि रकुलले पनि लुक टेस्ट दिएकी थिइन् भन्ने दाबी गरिएको छ ।

यदि सबै ठीकठाक अघि बढ्यो भने, रकुल प्रीतले विवाहपछि यसको सुटिङ गर्नेछिन् । ज्याकी भगनानीसँग उनले फेब्रुअरी २१ म गोवामा विवाह गर्दैछिन् । नितेश तिवारीको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर भगवान श्रीरामको भूमिकामा देखिनेछन् ।

अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन् । अन्य क्यारेक्टरका लागि पनि धेरै ठूला नामहरू फाइनल भएका छन्, जसमा रावणका लागि ‘केजीएफ’ स्टार यशको नाम र हनुमानका लागि सनी देओलको नाम पुष्टि भएको बताइएको छ । कैकेयीको भूमिकाका लागि लारा दत्तको नाम पक्का भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?