मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड फिल्म निर्माताहरुसँग किन थकित भइन् मृणाल ठाकुर ?

काठमाडौं – तेलुगु फिल्म हाई नन्नाका लागि मृणाल ठाकुरको निकै तारिफ भइरहेको छ । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म सीता राममका लागि पनि उनले दर्शकबाट धेरै माया पाएकी थिइन् ।

मृणालले साउथ फिल्ममा जति काम गरिरहेकी छिन्, त्यसलाई बलिउडले न्याय गर्न नसकेको फ्यानहरुको विश्वास छ । मृणाल पनि फ्यानका यी कुरामा सहमत देखिन्छिन् । हालै एक अन्तर्वार्तामा उनले बलिउड फिल्म निर्माताहरुसँग कामको माग गर्दा थकित भएको बताएकी छन् ।

मृणालले हिन्दी सिनेमामा काम गर्ने मौका पाएको तर ‘हाई नन्ना’ र ‘सीता रामम’मा जस्तो मौका नपाएको बताइन् । अहिले उनी कुनै पनि कुरामा सम्झौता गर्न चाहँदैनन् ।

उनी यस्तो भूमिका गर्न चाहन्छिन् जसले उनलाई अभिनेत्रीका रूपमा उद्योगमा अगाडि बढाउन सकोस् । यस्तो अवस्थामा पर्दामा आमा वा बहिनीको भूमिका निभाउन पनि उनी सहज छिन् ।

अन्तर्वार्तामा मृणालले बडी शेमिङको बारेमा पनि कुरा गरेकी छिन् । भूमिकाका लागि सेक्सी नदेखिएको भन्दै निर्देशकले आफूलाई फिल्ममा कास्ट नगरेको उनले बताइन् । उनले आफू टाइपकास्टको सिकार हुन चाहेको पनि बताइन् ।

मृणालले २०१८ को फिल्म लव सोनियाबाट बलिउडमा डेब्यू गरेकी थिइन्। फिल्ममा उनको कामलाई समीक्षकहरूले निकै प्रशंसा गरेका थिए । उनले हालसम्म १७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । आगामी दिनमा मृणाल विजय देवरकोन्डासँग फिल्म फेमिली स्टारमा देखिने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?