मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

काठमाडौं – अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो । यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?