मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलिया ३४ रनले विजयी

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

अस्ट्रेलियाले दिएको २४२ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०७ रन बनाएको थियो । यस अघि अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकसँगै २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

म्याक्सवेलले यस खेलमा टी- २० अन्तर्राष्ट्रिय क्यारियरमा पाँचौं सतहक बनाउदै रोहित शर्माको धेरै शतक बनाउने रेकर्डको बराबरी गरेका छन् ।

यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ र सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी मंगलबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?