मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्ट इन्डिजविरुद्ध म्याक्सवेलको तुफानी शतक

काठमाडौं – अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी-२० कीर्तिमानी ब्याटिंग गरेका छन् । वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा ५० बलमा शतक बनाउदै म्याक्सवेलले पाँचौं शतक बनाएका हुन् । योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् ।

रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर किर्तिमान बराबरी गरेका हुन् ।टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादवले ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।

वेस्ट इन्डिजविरुद्धको यस खेलमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ । जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?