मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बजेट अभावले रोकियो विक्कीको ‘अश्वत्थामा’

काठमाडौँ – अभिनेता विक्की कौशललाई फिल्म  ‘अश्वत्थामा’ बजेट अभावले रोकिएको छ ।  महाभारतका पात्र अश्वत्थामामा आधारित रहने यो फिल्म सन् २०१९ मै घोषणा भएको थियो ।

त्यसका लागि विक्कीले घोडसवारी र मार्सल आर्ट जस्ता तालिम पनि लिन सुरु गरेका थिए । यो प्रोजेक्टलाई लिएर भारतीय फिल्मका फ्यानहरु सुरुदेखि नै उत्साहित थिए ।

तर निर्देशक आदित्य धरले  लकडाउनका कारण यो फिल्म सुरु गर्न सकेनन् । अहिले अवस्था सामान्य भए पनि किन काम अघि बढेन त ? भन्ने चासोकाबीच  निर्देशक आदित्यले फिल्म नबन्नुको कारण खुलाएका छन् ।

उनका अनुसार फिल्मका लागि अधिक बजेट आवश्यक पर्ने भएपछि फिल्मको काम रोकिएको हो ।

आफ्नो नयाँ फिल्म ‘आर्टिकल ३७०’को ट्रेलर सार्वजनिक कार्यक्रममा आदित्यले ‘अश्वत्थामा’ तत्काल नबन्ने बताएका छन् । ‘हामीले तत्कालका लागि यो फिल्मलाई बन्द गर्नुपर्ने अवस्था छ ।

उनले आफ्नो भिजनलाई लिएर हलिउडका प्रख्यात निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को उदाहरण दिएका छन् ।

‘जेम्स क्यामरुनलाई ‘अवतार’को सोच २७ वर्ष अघि आएको थियो, तर उनी ठूलो बजारको पर्खाइमा थिए । प्रविधि त्यो तहसम्म आउने उनी पर्खाइमा थिए, जहाँ त्यो कथालाई आफूलाई चाहे अनुसारको प्रस्तुत गर्न सकुन् । अर्थात यसको काम तत्काल रोकिएपनि आवश्यकता अनुसार अघि बढ्न सक्ने संकेत उनले गरेका छन् । 

पछिल्लो तीन वर्षमा आदित्य यो फिल्ममा विक्कीको स्थानमा अन्य कलाकारलाई कास्ट गर्ने तयारीमा छन् भन्ने समाचार बाहिर आएको थियो ।

रणवीर सिंहदेखि अल्लू अर्जुनसम्मका स्टार यो फिल्ममा जोडिने चर्चा चलेको थियो । आदित्य  ‘उरी स् द सर्जिकल स्ट्राइक’ जस्ता ब्लकबस्टर फिल्म दिइसकेका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?