मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्टइण्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौं – अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो ।वेस्टइन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ५३ रन बनाएका थिए भने जोनसन चार्लेजले ४२ तथा जासन होल्डरले अविजित ३४ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मार्कस स्टोइनिसले २ तथा जासन बेह्रेंनडोर्फ़, ग्लेन म्याक्सवेल र सीन एबोटले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले डेविड वार्नरको ७०, जोश इंलिशको ३९, टिम डेविडको आक्रमण ३७ रन तथा म्याथ्यू वाडेको २१ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १(० ले अगाडी भएको छ र सिरिजको दोस्रो खेल आइतबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?