मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेटफ्लिक्सका नयाँ शोमा सुनील र कपिल एक साथ देखिने

काठमाडौं । भारतका चर्चित कमेडियनद्वय सुनील ग्रोबर र कपिल शर्माको झगडा सकिएको छ । नेटफ्लिक्सका नयाँ शोमा दुवै साथमै देखिने भएका छन् ।

यसअघि दुबै कलाकार कपिल शर्मा शोमा सँगै काम गर्थे । शोमा सुनिलले डा. मशहूर गुलाटीको भूमिका निर्वाह गरेका थिए । तर विदेशमा एउटा कार्यक्रम सकेर भारत फर्किने क्रममा कपिलले रक्सीको सुरमा सुनीललाई गाली बेइजती गर्दै चप्पल हानेका थिए ।

आफूलाई सम्झाउन कोशिश गर्ने टिमका अन्य सहकर्मीलाई पनि उनले तथानाम भनेका थिए । यो घटनापछि सुनिलले कपिल शर्मा शो छाडे । ६ वर्षसम्म यी दुईबिच बोलचाल थिएन । तर अब भने दुबै कलाकार एउटा शोमा सँगै काम गर्दैछन् । कपिलले पुरानो स्टारकास्टको साथमा नेटफ्लिक्समा नयाँ शो लिएर आउँदैछन् ।

शोका अर्का कलाकार कमेडियन कृष्णा अभिषेकले कपिल र सुनिलको पुनःमिलन र नयाँ शोबारे कुराकानी गरेका थिए । नयाँ शोमा कपिल र सुनिललाई एकसाथ देख्दा रोचक हुने उनले बताएका थिए । ‘नयाँ शोका लागि हामी सबै सँगै आइसकेका छौं । सबैलाई साथ देखेर निकै रमाइलो भयो । सुनिलको पुनरागमनले म निकै खुसी छुँ’ कृष्णाले भने ।

पुरानो स्टारकाष्टलाई साथमा देख्दा दर्शकलाई पनि रमाइलो लाग्ने उनले बताए । कपिलको पुरानो स्टारकाष्टले मनोरञ्जनमा नयाँ तड्का लगाउने अनि हाँस्दा हाँस्दा दर्शकहरुको पेट नै दुख्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?