मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सनी देओलले गरे रणवीरको फिल्म ‘एनिमल’ बारे यस्तो खुलासा

जोयनेपाल
234
Shares
तस्वीर– एएनआई ।

काठमाडौँ– गदर–२ को सफलतापछि सनी देओल अहिले मख्ख छन् । सनी बलिउडका यस्ता स्टार्समा पर्दछन् जो थोरै तर दमदार फिल्ममा काम गर्न मन पराउँछन् । उनी बलिउडका पार्टीहरूमा पनि हत्तपत्त जाँदैनन् ।

हालै मात्र सनीले आफ्नो निजी जीवनबारे कयौँ कुराकानी शेयर गरेका छन् । बलिउड इन्डष्ट्रिजमा धेरैले उनलाई घमन्डी भन्छन् । यसबारे पनि उनले कुरा गरेका थिए ।

सनी देओल बिहान चाँडै उठ्छन् । मान्छेहरूसँग प्रत्यक्ष भेटघाट गर्न उनलाई मन पर्छ । घरबाहिर निस्किएको बेलामा उनी आफ्नो फ्यान र साथीभाइहरूसँग भेटघाट गर्न रुचाउँछन् ।

‘म पार्टीमा जाने मान्छे नै होइन, मैले पार्टीमा जान बन्दै गरिदिएको पनि होइन । म पहिलादेखि नै यस्तै थिए । मलाई पार्टीमा जान मनै पर्दैन । त्यसैले मान्छेहरू आफूलाई घमन्डी भन्छन्,’ उनले भने ।

‘पहिला धेरै मानिस मेरो यस्तो प्रकृतिलाई मन पराउँदैनथे । उनीहरूलाई म निकै घमन्डी भए झैँ लाग्थ्यो । म ड्रिङ्क पनि गर्दिन । तर बिस्तारै बिस्तारै मान्छेहरूले मलाई बुझ्न सुरु गरे । त्यसपछि उनीहरूले थाहा पाए कि म यस्तै छु । उनीहरूले मलाई पार्टीमा बोलाउनै बन्द गरे । उनीहरूलाई थाहा थियो नि त म आउँदिन ।’

सनी देओल भन्छन् कि, उनलाई बलिउडको पार्टी मात्रै होइन, फिल्म रिलिजको बेलामा हुने प्रमोशनल कार्यक्रम पनि मनै पर्दैन । मान्छेहरूले आफूलाई घमन्डी भनेपनि वास्तवमा उनलाई थाहा छ आफ्नो कामलाई महत्त्व कसरी दिने भनेर ।

कुराकानीमा सनीले रणवीर कपूर र बबी देओलको फिल्म एनिमलबारे पनि कुराकानी गरेका थिए । फिल्मको क्लाइमेक्स सिन हेर्न नसकेर उनी सिटबाट उठेर बाहिर गएका थिए ।

गदर–२ को सफलतापछि सनीले रणवीर कपुरको रामायणमा हनुमानको भूमिका गर्न सक्ने खबरहरू आइरहेका छन् । यसबारे पुष्टि भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?