मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री काजलको ग्ल्यामरस स्टाइल

काठमाडौं – साउथ फिल्म र बलिउडमा आफ्नो अभिनयको जादु सृजना गरेकी अभिनेत्री काजल अग्रवाल प्रायः आफ्नो प्रोजेक्टका कारण चर्चामा रहन्छिन् । फ्यानहरु उनलाई हरेक शैलीमा हेर्न आतुर छन् ।

यसैबीच, काजल पनि आफ्ना फ्यानसँग जोडिनका लागि सामाजिक सञ्जालमा निकै सक्रिय रहने प्रयास गर्छिन् । यस्तो अवस्थामा अभिनेत्रीले आफ्ना नयाँ लुक्स फ्यानसँग सेयर गरिरहेकी छिन् । अब फेरी काजलले आफ्नो ग्ल्यामरस स्टाइल देखाएकी छिन् ।

काजलले केही समयअघि आफ्नो नयाँ फोटोसुटको झलक देखाएकी छिन् । उनको पछिल्लो लुकमा उनी कालो बडीफिट ड्रेस लगाएकी देखिन्छिन् । नायिकाले न्यूनतम मेकअप गरेर आफ्नो लुक पूरा गरेकी छिन् ।

यससँगै काजलले सूक्ष्म चमकदार बेस, न्यूड शिमर लिप्स र स्मोकी आई मेकअप गरेकी छिन् । साथै, हेयर स्टाइलका लागि उनले नरम कर्ल लगाएर कपाल खुला राखेकी छिन् ।

सधैं झैं यस लुकमा पनि काजल निकै सुन्दर देखिएकी छिन् । उनलाई हेर्दा उनी बच्चाकी आमा हुन् भन्ने विश्वास गर्न सकिँदैन । काजल अग्रवालले फेरि आफूलाई निकै फिट बनाएकी छिन् । यस स्टाइलिस लुकमा अभिनेत्रीले आफ्नो कर्वी फिगर देखाएर आफ्ना फ्यानहरूको ध्यान खिचेकी छिन् ।

अर्कोतर्फ काजलको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका अहिले धेरै प्रोजेक्ट पाइपलाइनमा छन् । नायिका चाँडै ‘इन्डियन २’ मा देखिने भएकी छिन् । यसपछि उनी ‘उमा’ र ‘सत्यभामा’ नामका फिल्ममा पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?