मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् डेटिङमा जाँदा गर्नै नहुने ५ गल्ती

जोयनेपाल
3.7k
Shares
प्रतीकात्मक तस्वीर ।

आजकल प्रेममा नपर्ने कमै होलान् । अधिकांश युवा माया प्रेममा परेका हुन्छन् । यस्तोमा आफ्नो प्रेमी वा प्रेमिकासँग डेटिङमा जानु नौलो रहेन ।

प्रेमी वा प्रेमिका आफ्नो माया पाउन मरिहत्ते गर्दछन् । आफ्नो पार्टनरलाई कसरी आर्कषित गर्ने भन्ने उनीहरूको ध्याउन्न हुन्छ । तर जान अन्जानमा भएका कतिपय व्यवहारले पार्टनरसँग मनमुटाव हुन सक्छ । स–साना कुरामा पनि रिझाउन सकिएन भने प्रेममा दुरी बढ्दछ । तसर्थ आफ्नो प्रेम टिकाइ राख्न केही कुरामा सजग हुन आवश्यक छ ।

प्रेमी वा प्रेमिकालाई आर्कषित गर्न सबैको चासो हुन्छ । तर आकर्षित गर्ने नाममा अपनाइएका केही उपाय कहिलेकाहिं फेल खान्छ । र पार्टनर तर्किने गर्दछन् । यदि कुरा पहिलो डेटको हो भने यसमा त झन् बढि सजग हुनु पर्दछ । पहिलो डेटमा जाँदा भुलेर पनि यी काम नगर्नुहोस्:

ढिला पुग्ने
कुर्नु कसैलाई पनि मन पर्दैन । त्यसैले डेटमा जादाँ आफ्नो अभिमान देखाउन ढिला नपुग्नुहोस् । तर यसको मतलव समय भन्दा १ घण्टा अगावै पुग्नु पर्दछ भन्ने चाँहि होइन ।

छोटो पहिरन लागाउने
कतिपय युवतीहरू आर्कषक देखिने नाममा वा प्रेमीलाई आर्कषित पार्न छोटो पहिरन लगाउने गर्दछन् । छोटो पहिरनले आर्कषक देखाउँछ भन्ने हुदैँन । त्यसैले आफू सुहाउँदो ठिक्क कपडा लगाएर जानु उपयुक्त हुन्छ ।

धेरै मेकअप गर्ने
डेटमा जादाँ महिला वा पुरुष दुवैले धेरै मेकअप गर्नु हुदैँन । मेकअप केही घण्टामा बिस्तारै हराउँदै जान्छ । यस्तोमा धेरै मेकअप गरीएको छ भने झन् असुहाउँदिलो देखिन्छ । पुरुषले अनुहारको मेकअप नगर्दा पनि हुन्छ । महिलाले सामान्य मेकअप गर्दा नै उपयुक्त हुन्छ ।

बनावटी वा बढी कुरा गर्ने
डेटमा जादाँ कतिपय स्वभावका कारण धेरै कुरा गर्दछन् । आफ्नो स्वभावका कारण डेटमा पनि उनीहरू बनावटी वा चाहिने भन्दा बढि कुरा गर्न पुग्छन् । तर यो राम्रो होइन ।

भोकै नबस्ने
डेटमा सकेसम्म भोकै नजानुहोस् । लामो समय खाली पेट बस्दा स्वास्थ्य बिग्रन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?