काठमाडौँ- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय सवारीको बिक्री वितरणका लागि डिलरसिप माग गरेको छ ।
कम्पनीले सूचना निकाल्दै नेपालभरका ५ सहरमा डिलरसिप आवश्यक रहेको जनाएको हो । कम्पनीले दमौली, सुर्खेत, कावासोती, घोराही र राजविराजमा डिलरसिप आवश्यक रहेको जनाएको हो ।
आगामी दिनहरुमा विद्युतीय सवारीको बिक्रीमा वृद्धि हुने अपेक्षासहित सिप्रदीले डिलरसिप माग गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया