मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थ्री ह्वीलरलाई टू ह्वीलरमा परिवर्तन गर्न सकिने हिरोको अनौठो ईभी (भिडियाेसहित)

काठमाडौँ – हिरो मोटोकर्पले भारतीय बजारमा ‘टु ईन वान’ इलेक्ट्रिक भेहिकल पेस गरेको छ। यो ईभीले थ्री ह्वीलर र टू ह्वीलर दुबैको काम गर्छ।

अर्थात यो ईभी लाई आवश्यकताको आधारमा तीन पांग्रे वा दुई पांग्रेमा परिवर्तन गर्न सकिन्छ। हिरो मोटकर्पको जयपुरमा आयोजित हिरो वर्ल्ड २०२४ मा सर्च एस ३२ मल्टीपर्पज थ्री ह्वीलर कन्सेप्ट मोडल पेस गरेको हो। 

हिरोले ‘सर्ज’ नाम दिइएको यस ईभीको भिडियो पनि सार्वजनिक भएको छ। 

यो स्कुटर केही मिनेटमा थ्री ह्वीलरमा जोडिने र अलग पनि गर्न सकिने कम्पनीको दाबी छ। भिडियोमा पनि यसको थ्री ह्वीलरको भित्र टू ह्वीलर रहेको देख्न सकिन्छ।

भिडियो हेर्दा यो हिरोको एक क्रान्तिकारी आष्किारको रूपमा बुझ्न सकिन्छ। यसका सान्दार प्राविधिक क्षमता प्रयोग गरिएको छ।

मल्टीपर्पज सवारीको आवश्यकता पूरा गर्ने दिशामा यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?