मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी टेस्लाको शेयर मूल्यमा तीव्र गिरावट 

काठमाडौँ-इलेक्ट्रिक भेहिकल (इभी) कम्पनी टेस्लाको शेयर मूल्यमा तीव्र गिरावट आएको छ । 

कम्पनीका सीईओ इलन मस्कले यो वर्ष बिक्री कमजोर रहने चेतावनी दिएपछि कम्पनीको शेयर मूल्यमा गिरावट आएको हो ।

टेस्लाको मार्जिनसँगै बजार मूल्य पनि एकै पटक करिब ८० अर्ब डलरले घटेको छ । 

टेस्लाको स्टकले गत साता बजार मूल्यमा ८० बिलियनको साथ एक वर्ष भन्दा बढीमा सबैभन्दा तीव्र मूल्य गुमाएको हो । 

मस्कले चिनियाँ अटो मोबाइल कम्पनीहरूमाथि व्यापार प्रतिबन्ध लगाउन नसके विश्वका अटोमोबाइल कम्पनीहरूका लागि खतरा बन्न सक्ने बताएका थिए  । 

यस्तै उनले चिनियाँ अटो मोबाइल कम्पनीहरूले कडा प्रतिस्पर्धा गरिरहेको र उनीहरूमाथि कर नलाग्ने हो भने उनीहरूले चीनबाहिर ठूलो सफलता हासिल गर्न सक्ने पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?