मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इटालीका सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

काठमाडौं – विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस बर्षको अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले

रसियाका डानिल मेडभेडेभलाई ३-२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ बर्षिय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो । उनले यस अघि सेमिफाइनलमा विश्वका नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?