मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मफेयरको ‘टेक्निकल क्याटेगोरीमा’ ‘सामबहादुर’को वर्चस्व,जित्यो ३ ओटा अवार्ड

काठमाडाैँ – बलिउडमा चर्चित फिल्मफेयर अवार्डको ६९ औ संस्करण शनिबारबाट गुजरातमा सुरु भएको छ । समारोहको पहिलो दिन विक्की कौशलको ‘सामबहादुर’ को वर्चस्व देखिएको हो ।

‘सामबहादुर’ ले ‘टेक्निकल क्याटेगोरी’मा ‘सर्वश्रेष्ठ साउण्ड डिजाईन’,‘सर्वश्रेष्ठ कष्ट्युम डिजाईन’ र ‘सर्वश्रेष्ठ प्रोडक्सन डिजाईन’ को अवार्ड हात पारेको छ ।  

अभिनेता अपारशक्ति खुराना र अभिनेत्री करिश्मा तन्नाले होस्ट गरेको समारोहमा ‘सिनेमाटोग्राफी’,‘पटकथा’,‘भेषभुषा’,‘सम्पादन’ सहितका प्राविधिक विधाका विजेताको घोषणा गरिएको थियो । 

जस अन्तर्गत गणेश आचार्यको फिल्म ‘राकि और रानी की प्रेम कहानी’ को ‘व्हाट झुमका’ गीतले ‘सर्वश्रेष्ठ कोरियोग्राफी’ को अवार्ड हात पारेको छ ।

त्यस्तै ‘टुवेल्थ फेल’ ले ‘सर्वश्रेष्ठ सम्पादन’ को अवार्ड जित्दा शाहरुख खानको ‘जवान’ ले ‘सर्वश्रेष्ठ स्पेशल ईफेक्ट’ र ‘सर्वश्रेष्ठ एक्सन’ को अवार्ड जितेको छ । 

यता ‘एनिमल’ले ‘सर्वश्रेष्ठ ब्याकग्राउण्ड स्कोर’को अवजार्ड जिजित्यो भने ‘सर्वश्रेष्ठ साउण्ड डिजाईन’ अवार्ड ‘सामबहादुर’सँग साझा गर्नु परेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?