मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बक्सिङका पूर्व प्रशिक्षक मदन कुमार गुरुङको निधन

काठमाडौं – नेपाली बक्सिङका पूर्व प्रशिक्षक मदन कुमार गुरुङको निधन भएको छ। म्यानमार जाने क्रममा शनिबार बंगलादेशमा उनको निधन भएको नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले बताए। लामो समयदेखि ढाडको समस्या र मृगौलासम्बधि रोगले ग्रसित रहेका गुरुङको ७४ वर्षको उमेरमा निधन भएक हो।

नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुदमा पनि उनी बक्सिङ प्रशिक्षक रहेका थिए। ३० को दशकमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह बैंककमा जाँदा गुरुङको खेलबाट प्रभावित भएपछि नेपालमा आउन निम्तो गरेका थिए। त्यसपछि नेपाल आएका गुरुंगले थुप्रै नाम चलेका नेपाली बक्सिङ खेलाडी जन्माउन सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?