मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऋतिकको ‘फाइटर’ले पहिलो दिन कति कमायो?

काठमाडौँ– बलिउडको एरियल–एक्सन फिल्म ‘फाइटर’ले भारतीय बक्स अफिसमा २२ करोड नेट भारुको ओपनिङ गरेको छ ।

शुक्रबार भारतमा गणतन्त्र दिवसको बिदा भएकाले त्यहाँ यसले पहिलो सप्ताहन्त राम्रै कमाइ गर्ने अपेक्षा छ ।

बलिउडको व्यापार ट्रयाक स्याकनिल्कका अनुसार फिल्मले उक्त कमाइ गरेको हो । रिलिजअघि नै एड्भान्स टिकट बिक्रीबाट फिल्मले ७.२१ करोड भारु कमाएको थियो । शुक्रबार, शनिबार र आइतबार भारतीय बक्स अफिसमा कलेक्सनमा अझै वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

‘फाइटर’ भारतीय वायुसेनाका अफिसरको कथा हो, जहाँ ऋतिक रोशन र दीपिका पादुकोणले शीर्ष भूमिकामा अभिनय गरेका छन् । पाकिस्तानी कट्टरपन्थीले केही भारतीय सैनिक पोस्टमा आक्रमण गरी दर्जनौंको ज्यान लिएको घटनाको बदला लिन भारतले पनि एयर–स्ट्राइकमार्फत बदला लिन्छ ।

यसअघि ‘पठान’ र ‘वार’जस्ता एक्सन फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ । खासगरी एरियल-एक्सन कोरियोग्राफीको प्रशंसा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?