मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रङ्गेली’मा सौगात नदेखिने, विकल्पमा आर्यनको ‘केमियो’

काठमाडौँ – मल्टीस्टारर फिल्म ‘रङ्गेली’मा अभिनेता सौगात मल्ल नदेखिने भएका छन् ।  टिजर र पोस्टर सार्वजनिक भैसकेको फिल्मको केही प्रतिशत छायाङ्कन उनकै  पर्खाइमा रोकिएको थियो ।

तर, माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारकामा व्यस्त बनेपछि उनले काम गर्न नसक्ने भएका हुन । 

जसको विकल्पमा निर्माण टिमले आर्यन सिग्देललाई भित्र्याएको छ भने अघिल्लो हप्ता काठमाडौंमा उनको भागको छायाङ्कन पनि भैसकेको छ । फिल्ममा उनको भूमिकाबारे कुनै जानकारी प्राप्त नभए पनि ग्याङस्टार विधाको फिल्म भएका कारण उनको  भूमिका पनि ग्याङस्टार हुनसक्ने आङ्कलन गरिएको छ । फिल्ममा आर्यनको केमियो मात्र छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म  ‘रङ्गेली’ आगामी फागुन २५ गते अर्थात महाशिवरात्रिबाट प्रदर्शनमा आउने तयारीमा छ । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका छ । फिल्मका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने सुशन प्रजापतिले फिल्मको छायाङ्कन गरेका हुन् ।

कामको कुरा गर्दा आर्यन पनि यति वेला व्यस्त छन् । उनी माघबाट दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’को छायांकनमा व्यस्त हुँदै छन् ।

अर्को वर्ष निर्देशक राउतको अर्को फिल्म ‘गाउँ नै रमाइलो’मा पनि उनी काम गर्ने तयारीमा छन् । उनको पाइपलाइनमा अरु दुई फिल्म ‘दौँतरी’ र ‘सञ्जीवनी’ पनि छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?