मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतपछि अब यूकेको संसदमा देखाइँदै शाहरुखको ‘डंकी’

काठमाडाैँ – बलिउड स्टार शाहरुख खान आफ्नो पछिल्लो फिल्म ‘डंकी’ का कारण चर्चामा छन् ।

यसमा उनको अभिनयलाई दर्शकले प्रशंसा गरिरहेका छन् । आफ्नो ३० वर्षे करियरमा रोमान्टिक र भिलेनको भूमिका निभाएका उनको गत वर्षको ‘पठान’,‘जवान’ पछि ‘डंकी’लाई दर्शकले रुचाएका हुन् ।

सिनेमाघरमा सुरुवात नै दमदार गरेको यो फिल्मलाई विश्वभरबाट माया मिलेको छ । यहीबिचमा यूके सरकारले ‘डंकी’काे स्क्रिनिङ गर्ने भएको हो । 

यो अवैध रुपमा विदेशीने आप्रवासीको कथा हो । जसलाई प्रासंगिक विषय मानेको युके सरकारले यसले उठाउने मुद्दालाई आफ्ना सांसदलाई देखाउन लागेको हो ।

स्मरणीय के छ भने यसलाई भारतीय संसद पनि देखाइएको थियो । जसले फिल्मको चर्चालाई बढाउँदा यसको बजेट ८५ करोड मात्रै हो । भारतमा मात्रै २२६ करोड कमाएको ‘डंकी’ले विश्वभरबाट ४४६ कमाएको छ । 

राजकुमार हिरानीको निर्देशन तथा लेखनमा बनेको यो फिल्मको पटकथामा अभिजात जोशी र कनिका ढिल्लोको पनि साथ छ ।

फिल्ममा शाहरुख खानका साथै बोमन ईरानी,तापसी पन्नू,विक्कि कौशल,विक्रम कोचर,अनिल ग्रोवरको अभिनय छ ।

बक्सअफिसमा सफलता प्राप्त गरेको यो फिल्म फेब्रुअरीको दोस्रो साता ओटीटीमा रिलिज हुँदै छ । यो जियो सिनेमा स्ट्रिमिङ्ग हुँदैछ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?