मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँको फोनमा डाटा चाँडै सकिन्छ? यस्ता हुन सक्छन् कारण 

काठमाडौँ– के तपाईँलाई आफ्नो फोनको डाटा छिटै सकिएको जस्तो लाग्छ रु कतिपय मानिसहरूले आफ्नो मोबाइल फोनको डाटा छिटो समाप्त हुने गरेको गुनासो गर्ने गरेका हुन्छन् । 

धरै मानिसहरूले त सिम कम्पनीहरूले आफूलाई कम डाटा दिएर झुक्काइरहेको छ भनेर समेत गुनासो गर्ने गर्दछन् । 

तर त्यस्तो भने पक्कै होइन किनभने कतिपय अवस्थामा तपाइले आफ्नो फोनलाई सही रूपमा प्रयोग गर्नुभएन भने पनि तपाइको डाटा द्रुत रूपमा सकिने गर्दछ ।  

जस्तै तपाईँले आफ्नो फोनमा म्याप्स सेवाहरू प्रयोग गर्नुहुन्छ भने यसले पनि जसले ठूलो मात्रामा इन्टरनेट प्रयोग गर्ने गर्दछ । जसका कारण तपाईँको फोनको डाटा छिटो सकिन सक्छ ।

यस्तै एन्ड्रोइड फोनमा गेम खेल्ने बेलामा धेरै विज्ञापनहरू आउँछन् भने विज्ञापनहरू तपाईँको इन्टरनेट डाटा प्रयोग गरेर आउने गर्दछन्  र यसले गर्दा पनि फोनको डाटा चाँडै सकिने गरेको हुन्छ ।

तपाइको डाटा छिटै सकिने अर्को मुख्य कारण युट्युबमा भिडियोहरू हेर्ने गर्नु पनि हुन सक्छ किनकि यसले पनि धेरै डाटा खपत गर्छ । यदि तपाईँलाई युट्युबमा भिडियोहरू हेर्नुपर्ने छ भने पनि रिजोलुसन घटाएर हेर्न सक्नुहुन्छ, जसका कारण तपाइको डाटा थोरै भए पनि बच्छ । 

तपाइले अनलाइन किनमेलको लागि अर्थात अन्य कुनै कामका लागि डाउनलोड गर्नुभएका विभिन्न ईकमर्श एपहबाट हरेक दिन आइरहने नोटिफिकेसनहरूले पनि तपाईँको डाटा प्रयोग गर्ने गरेका हुन्छन् । जसका कारण पनि तपाइको डाटा चाँडै समाप्त भइरहेको हुन्छ । 

यस्तै तपाईँको मोबाइलमा अटो अपडेट सिस्टम अन छ भने पनि फोनमा रहेका एपहरू मोबाइल नेटवर्कमा नै अटो अपडेट हुन्छन् । जसका कारण पनि तपाइको डाटा चाडै सकिरहेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?