मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनयमा आउनु अघि सैनिक थिए यी बलिउड कलाकार

काठमाडाैँ – राष्ट्रभक्तिको विषयमा धेरै बलिउड फिल्म बनेका छन् । जसमा अभिनेताहरु कतिपयमा सेनाका रूपमा देखिएका छन् भने कतिपयले नेवी र एयरफोर्सका अधिकारीको को भूमिका समेत निभाएका छन् ।

तर तपाईँलाई थाहा नहुन सक्छ केही यस्ता बलिउड कलाकार समेत छन् जसले सैनिक कै जागिर समेत खाएका थिए । 

गुफी पेन्टल

गुफी पेन्टल ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेर चर्चा पाएका कलाकार हुन् । सन् १९७५ मा ‘रफू चक्कर’ फिल्मबाट बलिउडमा डेब्यु गरेको गुफी ८० दशकमा केही फिल्म र टीभी शोमा देखिए । यद्यपि उनलाई खास परिचय भने सन् १९८८ मा बीरआर चोपडाको सुपरहिट शो ‘महाभारत’ले दियो ।

यसमा उनले शकुनी मामाको भूमिका गरेका थिए । गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा देखिएका थिए । तर धेरै कमलाई यो थाहा छ कि उनले इन्जिनियरिङको डिग्री हासिल गरेका थिए ।

जुन समयमा उनी इन्जिनियरिङ गरिरहेका थिए त्यहि वेला भारत चीनको युद्ध सुरु भएको थियो । सन् १९६२ को यही युद्धका लागि सेनामा भर्ना खुलेको थिए । गुफि यही समयमा सेनामा सामेल भएका थिए । 

अच्युत पोद्दार

बलिउडमा आउनु पूर्व अच्युत मध्य प्रदेशको रीवामा प्राध्यापन गर्थे । उनी भारतीय आर्मीका क्याप्टेन भई सकेका व्यक्ति हुन । सन् १९६७ मा रिटायर भएका उनलाई ‘थ्री ईडियट’ को भूमिकाले चर्चित बनायो । उनको डायलग ‘अरे कहना क्या चाहते हो ?’ भाइरल नै छ । 

विक्रमजीत कंवरपाल 

विक्रमजीत कंवरपाल यो संसारमा नरहे पनि उनको अभिनय सदा स्मरणीय छ । उनी सन् २००२ मा भारतीय सेनाको मेजरबाट रिटायर भएका थिए । त्यसपछि आफ्नो सोख अभिनयमा लागेका उनले आफूलाई स्थापित गरे । उनका ‘अतिथि’,‘तुम कव जाओगे’,‘मर्डर’ र ‘आरक्षण’ जस्ता फिल्ममा भूमिका निभाएका थिए ।

आनन्द बक्सी

आनन्द बक्सी प्रसिद्ध गीतकार हुन । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ को ‘मेरे ख्वाबों में जो आए’ गीत उनैले लेखेका हुन् । लगभग ३ हजार गीत लेखेका उनी भारतीय नेवीको क्याडेट थिए । उनले सन् १९४७ देखि १९५७ सम्म सेनामा काम गरेका थिए । 

रुद्राशिष मजुमदार

‘छिछोरे’,‘हवा सिंह’,‘जर्सी’ र ‘मिसेज अन्डरकवर’ जस्ता फिल्ममा अभिनय गरेका मजुमदार ७ वर्ष भारतीय सेनामा जागिर खाएका थिए । उनी मेजरको पोस्टबाट रिटायर भएपछि फिल्ममा आएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?