मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डला थिएटरमा नाटक ‘मासिन्या’ को विशेष मञ्चन

काठमाडौं  – थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मासिन्या’ को विशेष मञ्चन गरिएको छ । बुधबार साहित्य, कला, संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा नाटकको विशेष मञ्चन गरिएको थियो ।

नाटकमा विशेषतः तामाङ समुदायले भोग्दै आएको उत्पीडनकाे कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, लय र परिवेशहरु नाटकमा देख्न सकिन्छ । तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत नाटकमा रहेको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताए ।

‘यो नाटक मात्र होइन पीडा हो । यसलाई युवा पीढीले बुझ्नुपर्यो’, उनले भने, ‘यस्तो पीडाको विरुद्धमा संघर्ष गर्नुभन्दा अरु उपाय नै छैन । यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार पहिचानको लागि संघर्ष गर्नुपर्छ ।’ उनले तामाङ समुदायमाथि मासिन्या भनेर राज्यले गरेको विभेद प्रायोजित व्यवहार रहेको समेत धारणा राखे । उनका अनुसार आफ्नो समुदाय र नागरिकलाई नाटक जस्तो माध्यम नै जनचेतना बढाउने उपाय हो ।

नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता आङ्काजी शेर्पाले सम्पुर्ण तामाङ समुदाय र विश्वभर आदिवासी माझ यसलाई पुर्‍याउन आव्हान गरे।

उनले भने, ‘यो हाम्रो उत्पीडनको कथा हो । यही कुरा राज्यले बुझेको भए आज सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन । नाटकका यी दृश्यहरु प्रचण्ड र आङकाजीले बोलेको भाषणभन्दा शक्तिशाली छ । यसलाई प्रत्येक तामाङ बस्तीमा लानुपर्छ ।’ ताम्सालिङ संघर्ष समितिका सदस्य सचीव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातै वटा प्रदेशमा पुर्‍याउने सुनाए ।

राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । नाटक बिहीबारदेखि माघ २८ गतेसम्म मञ्चन जारी रहनेछ । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान,रविन दोङ,विकास लामा,इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?