मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपमा लुम्बिनीमाथि एपीएफ ७ विकेटले विजयी


काठमाडौं – एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ । बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुदै १३३ रन बनाएको थियो ।

यो जितपछि एपीएफको ६ खेलमा ६ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशले भने चौथो हार बेहोरेको छ । ५ खेलमा २ अंकसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।

अब एपीएफले अर्को खेल शनिबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले शनिबार नै टियु मैदानमा बागमती प्रदेशसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?