काठमाडौं— टेन्सेन्ट होल्डिङको ‘रियोट गेम्स’ले बिश्वब्यपि रुपमा रोजगारी कटौती गर्ने भएको छ । रियोट गेम्सले आफ्ना कर्मचारीहरुका लागि सुचना जारी गर्दै करिब ५३० रोजगारी कटौती गर्ने बताएको हाे ।
यो कम्पनीको विश्वव्यापी जनशक्तिकाे करिब ११ प्रतिशत हो । कम्पनीका सीईओ डिलन जडेजाले लागतहरू धेरै बढेकोले रोजगरीमा कटौती गर्नुपरेको बताए ।
अनलाइन गेमिङ कम्पनीले लिग अफ लिजेन्ड्स, भ्यालोरेन्ट, टिमफाइट ट्याक्टिक्स र वाइल्ड रिफ्ट जस्ता लाइभ खेलहरूको पोर्टफोलियोमा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।
गत वर्ष अमेजन र टिकटकको मुल कम्पनी बाईटडान्सले आफ्नो गेमिङ डिभिजनमा कटौती गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया