मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रिसबेन हीटले जित्यो बिग बास लिगको उपाधी

काठमाडौं – ब्रिसबेन हीटले यस बर्षको अस्ट्रेलियाको बिग बास लिग जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा ब्रिसबेनले सिड्नी सिक्सर्सलाई ५४ रनले पराजित गर्दै ब्रिसबेनले दोस्रो पटक बिग बास लिग जितेको हो ।

ब्रिसबेनले दिएको १६७ रनको लक्ष्य पछाएको सिड्नीले १७.३ ओभरमा अलआउट हुदै ११२ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १६६ तन बनाएको थियो । ब्रिसबेनले योसहित दुई पटक बिग बास लिगको उपाधि जितेको छ । यस अघि २०१२ मा ब्रिसबेनले बिग बास लिग जितेको थियो ।

अहिलेसम्म पार्थ स्कोर्चर्सले सबैभन्दा बढी ५ पटक बिग बास लिगको उपाधि जितेको छ भने यस सिजनमा उपविजेता बनेको सिड्नी सिक्सर्सले यस अघि ३ पटक यो उपाधि जितेको छ ।

त्यस्तै मेलबर्न रेनेगेडस, एडिलेड स्ट्राइकर्स र सिड्नी थण्डर्सले यो उपाधि एक एक पटक जितेका छन् । त्यसैगरी मेलवर्न स्टार्स र होबर्ट हुरिक्यान्सले भने अहिलेसम्म बिग बास लिग जित्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?