मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालद्धार पाकिस्तानलाई १९८ रनको लक्ष्य

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाली यू–१९ टोलीले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ। इस्ट लण्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनायो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए । नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका लागि अर्फाद मिन्हासले तीन विकेट लिँदा उबैद शाह र अहमेद हुसेनले दुई–दुई विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दवाव छ । यता पाकिस्तान पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा आफूलाई बलियो बनाउन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?