मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफ्रिकन कपबाट बाहिरिएपछि घानाद्वारा प्रशिक्षक बर्खास्त

काठमाडौं – जारी अफ्रिकन कप अफ नेसन्सको समुह चरणबाट बाहिरिएपछि घानाले आफ्ना मुख्य प्रशिक्षक क्रिस हगटनलाई बर्खास्त गरेको छ ।

घानाले जारी अफ्रिकन कपको समुह चरणमा कुनै खेल जित्न सकेको थिएन । घानाले एक खेलमा हार बेहोरेको थियो भने दुई खेल बराबरी खेलेको थियो । ३ खेलमा २ अंक हासिल गरेको घाना समुह बी मा तेस्रो स्थानमा रहदै बाहिरिएको थियो ।

घाना फुटबल फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै क्रिसलाई पदमुक्त गरेको घोषणा गरेको छ । साथै घानाले राष्ट्रिय टिमको प्राविधिक टिमलाई समेत बर्खास्त गरेको छ । फेडेरेसनले राष्ट्रिय टिमको नेतृत्व छिट्टै चयन गर्ने बताएको छ ।

न्यूक्यासाल र ब्राइटनका पूर्व प्रशिक्षक रहेका क्रिस २०२२ को विश्वकपपछि घानाको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए ।घानाले १९६३, १९६५, १९७८ र १९८२ गरि चार पटक अफ्रिकन कप जितेको छ भने १९६८, १९७०, १९९२, २०१० र २०१५ मा उपविजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?