मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पीएम कपमा मधेशमाथि पुलिसको सहज जित

काठमाडौं – नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लागतार पाँचौं जित हासिल गरेको हो ।

यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको पुलिस क्लबले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो ।

मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए । यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्बाधिक ५ विकेट लिए भने ललित राजबंशीले ४ विकेट लिएका थिए । यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ । मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने मधेश प्रदेशले बिहीबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?