मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२ वर्षपछि सँगै काम गर्दै सैफ र करिना

काठमाडौं- बलिउडमा सैफ अली खान र अभिनेत्री करिना कपुरलाई सुहाउँदो जोडी मानिन्छ । सन् २०१२ मा ‘एजेन्ट विनोद’ मा काम गरेयता यो जोडी सँगै देखिएका छैनन् ।

१२ वर्षको अन्तरालपछि सैफ र करिनाको जोडी पुनः दर्शकमाझ एक साथ आउने भएको छ ।

टाटा प्लेको शो ‘नाउ बिगिनिङ’ को बेला उनीहरुले एउटा कार्यक्रममा आफूहरु सँगै देखिन लागेको जानकारी दिएका हुन् । करिना र सैफले यसअघि ‘टसन’, ‘कुर्बान’ र ‘एजेन्ट विनोद’ जस्ता फिल्ममा सँगै काम गरेका थिए ।

उनीहरुले रोडसाइड रोमियामा स्वर पनि दिएका थिए । यद्यपि उनीहरु एक दशकभन्दा बढी समय पर्दामा सँगै देखिएनन् । यो जोडी अभिनित ‘टसन’ र ‘एजेन्ट विनोद’ राम्रो व्यापार गर्न असफल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?