मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘फाइटर’को एड्भान्स बुकिङ कमजोर, मेकरलाई समस्या

काठमाडौं । अबको दुई दिनमै रिलिजमा आउन लागेको बलिउड फिल्म ‘फाइटर’को गीतसंगीत र ट्रेलरले समेत खासै हाइप बढाउन नसकेपछि मेकरलाई समस्या भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्म जनवरी २५ बाट अथवा बिहीबार पर्सीबाट विश्व बजारमा रिलिज हुँदैछ ।

यो फिल्मको बूकिङ भारतमा पनि कमजोर देखिएको छ । फिल्मको बूकिङ मंगलबार बिहानसम्म १ लाख पनि पुग्न सकेको छैन । भारतका मुख्य ३ मल्टिप्लेक्समा फिल्मको बूकिङ ५५ हजार मात्र छ । अब, आज र भोलि फिल्मले गर्ने बुकिङको आधारमा यसको ओपनिङ आँकलन गर्न सकिनेछ ।

यो फिल्मलाई लिएर नेपालमा पनि प्रदर्शकहरु उत्साहित छन् । अंग्रेजी नयाँ बर्ष लागेसँगै सुस्ताएको बजारलाई यो फिल्मले तताउने आशा प्रदर्शकहरुको छ । यसैले, यो फिल्मले नेपालमा उच्च शो पाउनेमा दुईमत छैन ।

ऋतिक रोशन र दीपिका पादुकोण जस्ता कलाकारको मुख्य भूमिका रहेको फिल्मले भारतीय सेनाको कथा प्रस्तुत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?