मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाराक ओबामाकी छोरीले फिल्म ‘द हार्ट’को निर्देशन गर्दै फिल्ममा डेब्यु गर्ने

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी जेठी छोरी मालिया ओबामाले फिल्म ‘द हार्ट’को निर्देशन गर्दै फिल्ममा डेब्यु गरेकी छन् ।

उनी निर्देशित फिल्म यस वर्षको सनडान्स फेस्टिभलमा प्रिमियर हुँदैछ । फेस्टिभलको रेडकार्पेटमा मालिया पनि देखा परिन् । उनले यो फिल्मलाई अनौठो सानो कथा र केही हदसम्म दन्त्यकथाको रुपमा वर्णन गरेकी छन् ।

‘यो फिल्म हराएको वस्तु र एक्लो मान्छेको क्षमा तथा पश्चातापको बारेमा हो । तर मलाई लाग्छ कि यी चीजमा कोमलता र निकटता कहाँ हुन सक्छ भनेर पत्ता लगाउन कडा मेहनत गर्नुपर्छ,’ मालियाले भनेकी छन् ।

‘हामी आशा गर्छौं कि तपाईंले फिल्मको आनन्द लिनुहुन्छ र यसले तपाईंलाई कम एक्लो महसुस गराउँछ वा कमसेकम तपाईंलाई ती व्यक्तिलाई नबिर्सन सम्झाउँछ,’ उनले भनिन् । फिल्म निर्माण अवश्य पनि ओबामाको परिवारमा प्रशंसनीय कार्य हो ।

सन् २०१८ मा मालियाका बाबुआमाले उनीहरुको कम्पनी हाइअर ग्राउण्ड र नेटफ्लिक्सबीचको एक सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सहकार्यबाट गत महिना रिलिज भएको थ्रिलर ‘लिभ द वर्ल्ड बिहाइन्ड’ बनेको थियो ।

डकुमेन्ट्री ‘वर्किङ ह्वाट वी डु अल डे’बाट बाराक ओबामा एम अवार्डको उत्कृष्ट कथाकारमा मनोनयन भएका थिए । मालियाको ‘द हार्ट’ यस वर्ष सन्डान्सको छोटो फिल्म विधामा मनोनयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?