मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

५० दिनमा अजयका ३ ओटा फिल्म हलमा,बर्षभरीमा ५ ओटामा अभिनय गर्ने

काठमाडाैँ – बलिउड अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका पाँच फिल्म लिएर दर्शकमाझ आउँदै छन् । यीमध्ये ३ ओटा फिल्म त ५० दिनभित्रमा दर्शकमाझ आउन लागेका हुन् ।

सबैभन्दा पहिला ८ मार्चमा उनको फिल्म ‘शैतान’ रिलिज हुँदै छ । आर माधवन र ज्योतिका समेत भूमिका रहेको यो फिल्म पछि अर्को फिल्म ‘मैदान’ रिलिज हुनेछ ।

लामो समयदेखि रिलिजको प्रतीक्षामा रहेको स्पोर्ट्स ड्रामा यो फिल्म अप्रिलको दोस्रो हप्तामा इदको मौकामा रिलिज हुनेछ । रोचक कुरा के छ भने यो फिल्मको प्रदर्शन मिति ८ पटक भन्दा बढी पटक परिवर्तन गरिएको थियो । 

त्यसको दुई हप्ता पछि नै उनी अर्को फिल्ममा देखिने छन् । अर्थात् अप्रिल २६ मा ‘औरों में कहाँ दम था’ लिएर दर्शकमाझ आउँदै छन् ।

निरज पाण्डेको निर्देशन र श्रेयान्स हीरावतको निर्माण रहेको यो फिल्म रोमान्टिक थ्रिलर फ्लेभरमा छ । फिल्ममा जिमी शेरगिल र सई मान्जरेकरको अभिनय छ ।

जसमध्ये ‘मैदान’ सन् १९५२ र १९६३ को बिच भारतीय फुटबलको स्वर्ण युगमा आधारित छ । फिल्ममा अजयले एक कुशल भारतीय कोच सैयद अब्दुल रहीमको भूमिका निभाएका छन् ।

५० दिनमा यी तीन ओटा फिल्ममा देखिने अजयले यही वर्ष अरू २ फिल्ममा पनि भूमिका निभाउने छन् । अप्रिलपछि उनी स्वतन्त्रता दिवसमा अजय ‘सिंघम अगेन’मा ‘सिंघम’को लोकप्रिय भूमिकामा देखिनेछन् । 

रोहित शेट्टीको यो एक्सन इन्टरटेनर फिल्ममा अजय, अक्षयकुमार, रणवीर सिंह, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूरको अभिनय हुनेछ ।

उनका लागि सन् २०२४ को अन्तिम फिल्म भने ‘रेड २’ हुनेछ । यो फिल्म यसै महिनाको सुरुवातमा फ्लोरमा गएको छ र १५ नोभेम्बरमा रिलिज हुँदै छ ।

यो फिल्ममा अजयका साथ वाणी कपूर प्रमुख भूमिकामा छिन् । फिल्ममा रितेश देशमुख खलनायक हुनेछन् । यसको निर्देशन राजकुमार गुप्ताले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?